अङ्क 44चैत्र 2067वर्ष 7

राम्जी तिमल्सिनाका दुई कविता

         टेलिस्कोप १

बङ्करभित्र बनेको टेलिस्कोप

देख्छ आकाशभरि हतियार

ब्रह्माण्डभरि युद्ध

प्रत्येक बालक सिकारी

र उनीहरूकी आमा

एक सपाट मरूभूमि।

-0-

 

        टेलिस्कोप २

फूलको थुङ्गाभित्र हुर्केको टेलिस्कोप

देख्छ आकाशभरि फूल

ब्रह्माण्डभरि सुगन्ध

प्रत्येक बालक माली

र उनीहरूकी आमा

साक्षात् प्रकृति।

-0-

Share |

प्रतिक्रियाहरू

Ramji Timalsina
Kin rato rangma title? Doesn't the same colour work every where?

viplav dhakal
sundar kavita !


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :