अङ्क ४०साउन २०६६वर्ष ६

मिश्र वैजयन्तीको

कविताकृति

"पार्श्व आवाज" विमोचन समारोह

 

यही २०६६ साल साउन २४ गते शनिबारका दिन उर्लाबारी बौद्ध गुम्बाको सभाहलमा मिश्र वैजयन्तीको कविताकृति "पार्श्व आवाज"को विमोचन समारोह उर्लाबारी गा.वि.स.ले आयोजना गर्‍यो।

कार्यक्रमको सभापतित्व उर्लाबारी गा.वि.स.का सचिव जयधर्म आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथि डा. टङ्क न्यौपाने हुनुहुन्थ्यो। अन्य अतिथिहरूमा वरिष्ठ कवि कृष्णभूषण बल, डा. खेम दाहाल, डा. भोलानाथ पोखरेल, अनिरुद्ध तिमसिना, उपेन्द्र पागल, देश सुब्बा आदि हुनुहुन्थ्यो।

स्वागत मन्तव्य जयधर्म आचार्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो गणेश भट्टराई।

पुस्तकको विमोचन डा. टङ्क न्यौपाने, कृष्णभूषण बल, डा खेम दाहाल, अनिरुद्ध तिमसिना र जयधर्म आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो।

पुस्तकका समीक्षकहरूमा राजेन्द्र पौडेल र ऋषिकेश खनाल हुनुहुन्थ्यो।

---0---

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :