अङ्क ४१भाद्र २०६६वर्ष ६

सौन्दर्य शक्ति

- उर्मि कृष्ण

एउटी सुन्दरी अनेक कष्टहरू सहँदै नदी, नाला र जङ्गलहरू पार गर्दै भोक-तिर्खाले व्याकुल भएर साधुको कुटीसम्म पुगिन्। व्याकुल भई उनका चरणमा परिन् र भनिन् – "मेरो उद्दार गर्नुहोस् हे महात्मन् ! तपाईँको नाम सुनेर म धेरै टाढाबाट आएकी हुँ। तपाईँ ठूलो महात्मा हुनुहुन्छ।"

साधुले आँखा खोले। सुन्दरीको रूपले साधुका आँखामा मादक रङहरू भर्न थाल्यो। उनले आँखा झिम्क्याउन समेत विर्सिए र अस्फुट स्वरमा भने – "महात्मा थिएँ, अब छैन।"

 

­­­--0--

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :