अङ्क 45 | मङ्सिर 2068 | वर्ष 8 |
दाता र दाता
-- इभान तुर्गनेव
म सडककिनारै किनार हिँडिरहेका बेला एउटा बूढाले मलाई बोलायो। राताराता आँसुमा डुबेका आँखा, नीला ओठ, फोहोर हात र सड्दै गरेका गोडा। .... हा ! गरिबीले कति भयानक तरिकाले यसलाई निलेको छ।
उसले आफ्नो सुन्निएको फोहोर हात मेरा अगाडि तेर्स्यायो।
मैले एक एक गरेर सबै गोजी छामें। न मैले पर्स भेटेँ न घडी नै। यहाँसम्म कि रूमाल पनि गोजीमा थिएन। मैले केही नबोकी हिँडेको थिएँ र त्यो माग्नेको फैलिएको हात पर्खिँदा नराम्ररी कामी रहेको थियो।
लज्जित हुँदै मैले उसको काम्दै गरेको फोहोर हात समातेँ - 'नरिसाऊ है साथी, यतिबेला मसित केही छैन।'
माग्नेले राता आँखाले मतिर हेरिरह्यो। उसका नीला ओठहरूमा मुस्कान देखियो र उसले मेरा चिसा औँलाहरू समात्यो। 'के भयो त भाइ !' उसले विस्तारी भन्यो - 'यसका लागि धन्यवाद, यो पाउनु भनेको पनि पाएकै हैन र ?' र मलाई लाग्यो मैले पनि त्यस भाइबाट केही पाएको छु।
***
अनुवादः कुमुद अधिकारी
प्रतिक्रियाहरू |