अङ्क 47चैत्र 2069वर्ष 9

सुन्दर हातहरू

--डा. हरदिप कौर सिन्धु

एक दिन अध्यापकले कक्षा दुईका नानीहरूलाई आफूलाई सबैभन्दा सुन्दर लाग्ने वस्तुको चित्र बनाउन लगाए। कसैले सुन्दर फूल बनाए, कसैले रङ्गबिरङ्गी पुतलीहरू। कसैले सूर्य, कसैले चन्द्रमा, कसैले तारा, कसैले आफ्नो प्यारो खेलौना। कक्षाकोठाको कुनामा बसेकी करमोले दुईवटा फोहोरी हातहरू बनाइन्। अध्यापकले छक्क परेर सोधे - "यो के बनाएको ? कसका हात हुन् यी ?"

"यी संसारका सबैभन्दा सुन्दर हातहरू हुन्। मेरी आमाका हातहरू।"

"तिम्री आमा के गर्छिन् ?"

"उनी मजदुर हुन्। दिनभरी सडकमा गिट्टी कुट्ने काम गर्छिन्।" करमोले लजाउँदै उत्तर दिइन्।

--

हिन्दीबाट अनुवाद - कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :