अङ्क 45मङ्सिर 2068वर्ष 8

जापानी लघुकथा

तस्बिर

- यासुनारी कबाबाता

यसो भन्नु पक्कै राम्रो कुरा होइन, सायद ऊ आफ्नो  कुरूपताको कारणले नै कवि भएको थियो। त्यही कुरूमा मान्छे अर्थात् कविले मलाई यो कुरा सुनाएको हो।

'मलाई तस्बिर या फोटो पटक्कै मन पराउँदिनँ। सायदै कहिल्यै मलाई तस्बिर खिचाउने विचार आयो होला। चार-पाँच वर्ष अगाडि एकपल्ट टीकाटालामा केटीसँग फोटा खिचाएको थिएँ। म त्यस केटीलाई असाध्यै माया गर्थेँ। मलाई त त्यस्ती केटी फेरि मेरो जीवनमा आउँछे जस्तो लाग्दैन। अब ती फोटाहरू नै मेरा जीवन-स्मृतिका रूपमा रहेका छन्।

जे होस्, पोहोर एउटा पत्रिकाले मेरो फोटो छाप्न चाहेको थियो। मैले मेरी हुनेवाली बेहुली र उसकी बहिनीसँग खिचेको त्यो फोटाबाट आफ्नो चाहिँ फोटो काटेर दिएको थिएँ। केही दिन अगाडि अर्को पत्रिकाको रिपोर्टर मसँग फोटो माग्न आयो। मैले केही बेर सोचेँ र केटीसँग खिचेको फोटोबाट आफ्नो काटेर दिएँ। दिँदा फर्काउनुपर्छ भन्ने सर्त पनि राखेँ। तर त्यो फर्किने आस धेरै कम छ। आ होस्। के फरक पर्छ र ?

मैले भन्न त भनेँ के फरक पर्छ भनेर। तर म मेरी केटी भएको आधा फोटो हेरेपछि छक्क परेँ। के यो त्यही केटी हो त ? ल होस् म तपाईँलाई बुझाउँछु। त्यो केटी सुन्दरी र आकर्षक थिई। सत्र वर्षको उमेर र प्रैमैप्रेमले भरिएकी। तर अहिले उसको काटेर अलग्याइएको फोटो हेर्दा मलाई लागिरहेको छ, ऊ कति कुरूप रहिछे। कुनै बेला मेरा लागि यही फोटो संसारकै सबैभन्दा सुन्दर फोटो लाग्थ्यो..... मलाई लाग्यो म कुनै सपनाबाट ब्यूँझिरहेको छु। मलाई मेरो अमूल्य सम्पत्ति साह्रै बेकामे र कमजोर लाग्यो।'

यस बिन्दुमा आएर कविको आवाज सानो भयो।

उसले अखबारमा मेरो फोटो हेरिभने उसलाई पनि त्यस्तै लाग्ला। उसलाई पनि म जस्तो कुरुप व्यक्तिसँग कुन क्षण माया गरेँछु भनेर सकस हुँदो हो।

बस यति नै हो त तिम्रो कुरा !

तर म फेरि यो सोचीरहेको छु कि हाम्रो फोटो एकैठाउँमा सँगै पत्रिकामा छापियो भने ऊ मकहाँ तानिएर आउँछे, कति राम्रो मान्छेसँग प्रेम गरेँछु भन्दै।.....

***

अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू

ठाकुरप्रसाद गुरागाईं
कथा छोटो भएपनि रोचक लाग्यो धन्यवाद कुमुदजी !


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :