अङ्क ४८फागुन २०७०वर्ष १०

बज्रपात

- खलील जिब्रान

तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् - "म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?"

पादरीले ती महिलातिर हेरेर उत्तर दिए - "छैन, म मुक्तिको मार्गका विषयमा तिनलाई मात्र बताउन सक्छु जसले विधिवत् इसाइ धर्मको दीक्षा लिएका छन्।"

पादरीका मुखबाट यी शब्द निस्कने बित्तिकै ठूलो स्वरमा बिजुली चम्कियो र पूरै क्षेत्र आगोको ज्वालामा होमियो। नगरवासीहरू कुद्दै आए र महिलालाई उद्दार गरे तर त्यतिञ्जेल पादरीलाई अग्निले निलिसकेको थियो।

 

अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :