अङ्क 46साउन 2069वर्ष 9

पूर्वाभ्यास

-कुँवर प्रेमिल


"भाग्यवान, हाम्रो उमेर निकै भयो। अब हामीले सत्यको सामना गर्न तयार हुनुपर्दछ।"

"मैले त बुझिनँ नि। "

"भोलिदेखि तिमी मलाई खाना पकाउन, बडार्न, भाँडा माझ्न, भान्सा सफा गर्न र ठाकुरजीलाई भोग लगाउन सिकाऊ।"

"तर किन ? अहिलेसम्म त मैले नै गरिरहेकी छु त।"

"अनि म फेरि तिमीलाई एटीएम बाट पैसा निकाल्न, बिजुलीको बिल तिर्न, घरको कर तिर्न, बजार-हाट गर्न, सौदा किन्न सिकाउँछु।"

पत्नी आश्चर्यचकित भएपछि उनले भने - "हेर तिमीले गर्ने गृहस्थी काम मलाई सिकाऊ र मैले गर्ने घर बाहिरका काम म तिमीलाई सिकाउँछु।"

"मतलब ..............?"

"हामी दुई मध्ये एकजना बित्यौँ भने पनि हामीले बाँच्नै पर्छ। त्यसबेला कसले सिकाउँछ हामीलाई यी सब आवश्यकताका कुरा ?" पतिले रहस्यो खोले।

***

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :