अङ्क ४१भाद्र २०६६वर्ष ६

चित्रहरू

                                          - टङ्क विकल्प

 

तिमीले यतिखेर हेरिरहेको चित्र

सायद तुवाँलोले ढाकेर

धूमिल भएको हुनसक्छ

तर त्यो हाम्रै हो नियाल

टाढा पृष्ठभूमिमा देखिने

खुला आकाश

सम्झनु

त्यो हृदय हो

अलिक नजिक पृष्ठभूमिमा देखिने

स्वर्णिम सन्ध्या पोतिएको क्षितिज

सम्झनु

त्यो तिम्रो यौवनको रूप हो र

नजिकैको पृष्ठभूमिमा देखिने

त्यो अर्को एउटा चञ्चल र अर्को गम्भीर ताल

सम्झनु

तिम्रा र मेरा

सपना बोक्ने

आँखाहरू हुन्।

¬¬¬

 

टङ्क विकल्प

अध्यक्ष- नाट्यकला यात्रा झापा, प्रतिभा यात्रा वुधवारे

सचिव साहित्य चौतारी झापा

नाटक निर्दैशक तथा कार्यक्रम सञ्चालक पाथीभरा एफ.एम. दमक

प्रधान सम्पादक - यात्रा मासिक पत्रिका।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :