अङ्क ४०साउन २०६६वर्ष ६

गजल

                           - विवश पोखरेल

 

घाइते अचेल जिन्दगानी भएको छ

रगत खोलाको पानी भएको छ।

 

हिंसामा कठोर ढुङ्गा भएपछि मुटु

पीडा सहने अनौठो बानी भएको छ।

 

डढेलो लागेको जङ्गल भएको छ देश

एकाएक सपना डढेर खरानी भएको छ।

 

भत्किएर सद्भाव - हराएर मानवता

एकादेशको अनौठो कहानी भएको छ।

 

सत्तालिप्तहरू भागबन्डामै व्यस्त छन्

देश आँसुले रुझेको सिरानी भएको छ।

 

-0-

शारदा, गजल विशेषाङ्क, २०६४ पुसबाट साभार

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :