अङ्क ४९भदौ २०७२वर्ष १२

कुकुर

                                            -- एस. उन्नी

 

सधैँझैँ अत्याधिक मदिरापानले लाटिएको निद्राबाट उठेर बाबुले छोरीसँग भन्यो - "ए सुन त ! पेट डढ्न लाग्यो, दुएक रूपैँया निकाल त, चिया-पानीको व्यवस्था गरूँ।"

एउटा बेनामी तर गहिरो ईर्ष्या भावले छोरीले सोधी - " मसित कहाँबाट रूपैयाँ...?"

बाबुलाई रिस उठ्यो। बेस्सरी करायो - "तँसित छैनन् भने रातभरी किन कुकुर भुक्यो त ?"

-0-

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :