अङ्क 45मङ्सिर 2068वर्ष 8

(पन्जावी कविता)

म कसरी आउँछु

 -- कंवलजीत ढुडीके

  विदा भएका बेला

साथीहरू ताकेता गर्छन्

अर्को पल्ट आउँदा

लिएर आउनु है

मौसमको सुगन्धको एउटा टुक्रा

लिपेको घरको वास्ना

हलाहरूको गीत

घ्यूको महक

धरतीका कणहरू

बेबे(आमा)ले बोलाउँदाका गीतहरू

बन्दै गरेका कोठाहरूका तस्वीरहरू

घरमै बनाएको नौनीको सुगन्ध

मदानीको लयसँगै

पाठ गरीरहेकी बेबेका यादहरू

बाहिरपट्टिको कटेराबाट आएको

गोबरको गन्ध

फोहोरको थुप्रामा उम्रिएको

घाँसको स्मृति......

 

मनमा सोच्छु

अर्को पल्ट आउँदा

म कसरी आउँछु.....

--

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

सादर धन्यवादः सुभाष नीरव, सेतु साहित्य, नयाँ दिल्ली।

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :