अङ्क 43 | साउन 2067 | वर्ष 7 |
गोल्डन बेल्ट
--खलिल जिब्रान
सालामिस सहरतिर जाने दुई मान्छेहरूसँगै लाग्यो। दिउँसोसम्ममा उनीहरू एउटा नदीको किनारसम्म पुगे जसमा कुनै पुल थिएन। अब उनीहरूसित दुईवटा विकल्प थिए – पौडेर नदी तर्नु थियो कि अर्को कुनै सडक खोज्नु।
‘पौडेरै तरौँ, नदीको फैलावट त्यति धेरै छैन।‘ उनीहरूले सल्लाह गरे।
तीमध्येको एकजना पौडीवाज थियो जसले तुरुन्तै नदीमा हामफाल्यो र बीच-प्रवाहमा नियन्त्रण गुमाउन थाल्यो। अर्को मान्छे जसलाई पौडिने त्यति धेरै अभ्यास थिएन, आरामले पौडिँदै पल्लो किनारामा पुग्यो। उसले आफ्नो साथीलाई नदीको प्रवाहमा हातखुट्टा फ्याँकेको देख्यो र बचाउन फेरि नदीमा हाम फाल्यो। साथीलाई सुरक्षित किनारामा ल्याएपछि उसले सोध्यो – ‘तिमी त भन्थ्यौ कि तिमीलाई पौडिने अभ्यास त्यति साह्रो छैन, फेरि यति सजिलै तिमीले कसरी नदी तर्यौ ?’
दोस्रो मान्छेले भन्यो – ‘साथी, मेरो कम्मरमा बाँधेको यो बेल्ट देखेका छौ हैन, यो सुनका सिक्काले भरिएको छ। यी सुनका सिक्काहरू मैले वर्षभरिको मेहनतले आफ्नी पत्नी र छोराछोरीहरूका लागि कमाएको हुँ। यसै कारण म सजिलै पौडिएँ। पौडिँदा मैले उनीहरूलाई आफ्नै काँधमा भएको अनुभव गरिरहेको थिएँ।
¯¯¯
अनुवादः कुमुद अधिकारी।
प्रतिक्रियाहरू |