अङ्क ४८फागुन २०७०वर्ष १०

अनुपस्थिति

                                    --पाब्लो नेरूदा

मैले तिमीलाई विरलै छाडेको छु

जब तिमी मभित्र जान्छ्यौ, पारदर्शी,

वा काम्दै,

वा बेचैन, मबाट आहत

वा प्रेमबाट अभिभूत

जस्तै, जब तिम्रा आँखाहरू

प्रेमको उपहारमा बन्द हुन्छन्

जुन नरोकिइकन म तिमीलाई दिन्छु

 

मेरी माया,

हामीले एकअर्कालाई

तिर्खाएका भेटेका छौँ

र सबै पानी अनि रगत पिइसकेका छौँ

हामीले एकअर्कालाई

भोका भेटेका छौँ

र एकअर्कालाई टोकेका छौँ

जसरी आगोले टोक्छ

हामीमा घाउहरू छाड्दै

 

तर मलाई पर्ख

मेरा लागि तिम्रो मिठास राख

म तिमीलाई पनि

एउटा गुलाब दिनेछु।

--

अङ्ग्रेजीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :