अङ्क 46साउन 2069वर्ष 9

पञ्जावी प्रश्न कविताहरू

                                                     - दर्शन बुट्टर

 

लेख्यौ कुनै नयाँ कविता ?

कविता त

'समय'ले पो लेख्छ

म त मात्रै शब्द मिलाउने गर्छु।

 

ऐनाले के भन्छ?

जरूरी छैन

सुनौलो फ्रेमको ऐनाले

छाया पनि  सुनौलै देखाओस्

 

यो पनि जरूरी छैन

कि टेडो ऐनामा

कुनै अनुहारै देखियोस्।

 

के माग्छौ ?

आँखा त दिएकै छौ

अब अलिकति

नजर पनि देऊ।

खुट्टा त दिएकै छौ

अब अलिकति

सफर(यात्रा) पनि देऊ।

***

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

हार्दिक आभारः सुभाष नीरव, नयाँ दिल्ली (सेतु साहित्य)

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :