अङ्क ४२असोज २०६६वर्ष ६

हामीलाई के थाहा ?

-- के सच्चिदानन्दन

 

हामी दुई बच्चा हौँ

बाबु-आमाको खेल खेलिरहेका छौँ

जान्दैनौँ आलिङ्गनको अर्थ के हो

थाहा छैन चुम्बनको विद्युतमयी प्रवाह

बस, त्यत्तिकै छुन्छौँ

केही पातहरू...........

केही फूलहरू..........

केही फलहरू............

 

ममताले हेरिरहेकी छन् प्रकृतिले हामीलाई

अमर हुने

अर्थहीन इच्छामा

जिन्दगीमा टनाटन भरिएका

वंश-तृष्णाका

मधुरा आँचहरूलाई

 

सुन-

आँगनमा रात दौडँदै आइरहेको छ।

­­­

 

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

हार्दिक आभारः  श्री सुभाष नीरव, सेतु साहित्य (www.setusahitya.blogspot.com) नयाँ दिल्ली।

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :