अङ्क ४१भाद्र २०६६वर्ष ६

टिभीसँगका रातहरू

                               - मन्दाक्रान्ता सेन

 

कैयन् दिनहरू अत्यन्तै खराब काटिन्छन्

राति टिभीसँगै सुत्छु खाटमा

रातभरी रङ्गीन च्यानलहरूले

आँखाभरी रहस्यमयी धूलो छर्छन्।

विज्ञापनको साहसी युवाले मलाई

कोकाकोला पिउन मात्र बोलाउँछ,

मोहित पार्ने आँखाहरू, कोमल र लामो केशरासी

छाती देखिने सर्ट र कानमा इयरिङ

मलाई आँखा झिम्क्याउने उसको काम,

मलाई गल्लीमा डुलाउने उसको काम।

 

विज्ञापनका पन्ध्र सेकेन्डका स्पटहरूमा

टिभीका बाकसभित्र छिर्छु, स्नेहले सुमसुम्याउँछु

र एउटा भिन्नै च्यानलको सहवासमा

रातभरि यताउति पारिरहन्छु।

 -0-

­­­

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी

 

उनले कविताको मोहले एमबीबीएस को परीक्षा अन्तिम वर्षमा मौखिक परीक्षामात्र बाँकी हुँदा छोडिन्। सन् 1999 मा उनको हृदय अवाध्य मेये  प्रकाशित भयो र उनले त्यसै कृतिमाथि पाँच लाख रूपैँयासहितको आनन्द पुरस्कार पाइन्। उनी यो पुरस्कार लिने सबैभन्दा कम उमेरकी थिइन्। साहित्य अकादमी पुरस्कार बाट पनि उनी 2003 मा सम्मानित भइन्। उनी हाल पतिसँग मिलेर साहित्यिक पत्रिका बृष्टिदिनको सम्पादन गर्छिन् र कविता, कथा, उपन्यास लेख्‍न व्यस्त रहन्छिन्।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :