अङ्क 44चैत्र 2067वर्ष 7

पेन्टको सिलाई

--  डा. रामकुमार घोटड

तेस्रो पल्ट यो पेन्ट मेरो सामुन्ने आएको छ। लगभग दस वर्ष पहिले म यस दोकानमा लुगा सिलाउन बस्ता अगाडि रहेको झुप्राहरूको बस्तीबाट एउटा रिक्सा चालकले एउटा रेडिमेड पेन्ट लिएर आएको थियो र मलाई आफूलाई मिल्ने गरी सिलाईदिन अनुरोध गरेको थियो। त्यसको दोस्रो दिन उसको बिहे थियो।

अर्कोपल्ट एउटी महिला त्यही पेन्ट र छ सात वर्षको केटो लिएर आइन् र भनिन् - 'पेन्टको रङ खुइलिएको छ यसलाई उल्टो पारेर सिलाई देऊ। उनी निकैदिन देखि बीमारी छन्। अघिल्लो महिना हाम्रो छोरा जन्मिएको छ। भोलि माइतबाट हेर्न आउँदैछन्।'

र आज फेरि त्यही पेन्ट लिएर यो केटो आएको छ। भनिरहेको छ- 'बुबा बित्‍नुभो। आमाले अरूका घरमा बडारकुँडार गरेर कमाएको पैसाले मलाई ड्रेस किन्न पुग्दैन। मलाई भोलि स्कुल जानु छ। यही पेन्टलाई काटेर हाफपेन्ट बनाइदेऊ।'

म त्यही पेन्टलाई तेस्रो पल्ट सिलाउन खोजिरहेको छु। तर सुरु कहाँबाट गरूँ.....निर्क्यौल गर्न सकिरहेको छैन।

----

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।

Share |

प्रतिक्रियाहरू

Ramji Timalsina
Beautiful.Janga Bhattarai needs to go through it.


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :