अङ्क 44चैत्र 2067वर्ष 7

इन्धन

                                                  -गुलजार


सानो छँदा आमाले गुइँठा बनाउनुहुन्थ्यो

हामी गुइँठामा अनुहार बनाउँथ्यौँ

आँखा कोर्थ्यौँ, कान टास्थ्यौँ

नाक सजाउँथ्यौँ,

फेटावाल, टोपीवाल

मेरो गुइँठा,

तेरो गुइँठा

-आफूले बुझेका नामहरूले गुइँठा बनाउँथ्यौँ।

 

हाँस्तै खेल्दै घाम सधैँ बिहान आएर

गोबरका गुइँठामा पोखिने गर्थ्यो।

बेलुका, आँगनमा जब चुल्हो बल्थ्यो

हामी सबै चुल्हो घेरी बस्थ्यौँ,

कुन गुइँठाको पालो आयो,

कसको गुइँठा खरानी भयो।

ऊ पण्डित थियो,

एउटा साने थियो,

एउटा दशरथ थियो

 

वर्षौँ पछि -

घाटमा बसेर सोचिरहेको छु

आजको साँझ दन्किरहेको चुल्हामा

अर्को एक मित्रको गुइँठा डढेर खरानी भयो।

---

हिन्दीबाट अनुवादः शशीकुमार उपाध्याय

 

(गुलजार भारतका सुप्रशिद्ध गीतकार, कवि, गजलकार, कथाकार, लेखक तथा निर्देशक हुन्। यिनले सन् १९९८

चलचित्र 'दिलसे' तथा २००२ को 'साथियाँ' जस्ता चलचित्रमा गीत लेखेका थिए।)

 

 

Share |

प्रतिक्रियाहरू

Ramji Timalsina
This is a solid poem. Gulja is great!


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :