अङ्क 44चैत्र 2067वर्ष 7

मन्दाक्रान्ता सेन का दुई कविता

 

रङ्गिएकोः एक

 

तिमीलाई माया गर्छु

आफ्नै सहोदर भाइलाई झैँ

चुम्बन गर्छु तिमीलाई

जिब्रादेखि जिब्रासम्म

दाँतदेखि दाँतसम्म

ओठदेखि ओठसम्म

 

विनिमय गर्छु रगत र लाली

हाम्री जननीको

यौनताको।

-0-

 

रङ्गिएकोः दुई

 

तिमीलाई माया गर्छु

आफ्नै पेटको सन्तानलाई झैँ

सङ्गम गर्छु तिमीलाई

पेटदेखि पेटसम्म

छातीदेखि छातीसम्म

लिङ्गदेखि योनिसम्म

 

विनिमय गर्छु आर्द्र प्रवाह

हाम्रा सन्तानका

यन्त्रणाहरूको।

 

-0-

 

बङ्गालीबाट अनुवादः कुमुद अधिकारी

 

Share |

प्रतिक्रियाहरू

Ramji Timalsina
This poem was not as beautiful as I expected from Mandakranta. She is just a common composer, not an international class creative writer!


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :