अङ्क 46साउन 2069वर्ष 9

पाँच हाइकु

                                - केशव बरूवाल 'पथिक'

१. हुरी र आँधी

   शून्य क्यानभासमा

   चित्र पोत्छन्।

२.झरी गीतमा

  ढल्की-ढल्की नाच्छन्

  पानीका थोपा।

३. रातभरीमा

   कैयौँ सेती डुब्छन्

   सिरानीभित्र।

४. कान्छीको आँसु

   मरुभूमिमा खस्यो

   कस्ले टिप्ला र !

५. हावाको झोक्का

   बाँसका पातहरूमा

   सुसेली मार्छ।

Share |

प्रतिक्रियाहरू

Kamam Bhujel
Very interesting and encouraging. These haiku give me a glance of my life.


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :