अङ्क 43साउन 2067वर्ष 7

उत्तर आधुनिक समालोचक

डा. अमरजीत कौंके

जब मैले

भोकलाई भोक भनेँ

मायालाई माया भनेँ

तिनलाई नराम्रो लाग्यो

 

जब मैले

पक्षीलाई पक्षी भनेँ

वृक्षलाई वृक्ष

र शब्दलाई शब्द भनेँ

तिनलाई नराम्रो लाग्यो

 

तर जब मैले

कविताको साटो अकविता लेखेँ

स्त्रीलाई केवल योनि बताएँ,

रोटीको टुक्रालाई चन्द्रमा लेखेँ

कालो रङलाई गुलाबी लेखेँ

र कागलाई मुर्गाबी लेखें

 

तिनले भने

वाह वाह, कति राम्रो कविता

वाह वाह।

 

---

 

 

 

क्लाइडोस्कोप

 

उनले भने

जिन्दगी क्लाइडोस्कोप नै त हो

चुराका केही टुक्राहरू हाल

र आँखाले हेर्दै घुमाऊ

 

मैले निकैबेर सोचेँ

रङबिरङ्गी काँचका टुक्राहरूका लागि

म चुरा खनखन बज्दै गरेको कुन हातलाई खाली पारूँ !

 

--

हिन्दीबाट अनुवादः कुमुद अधिकारी, पन्जाबीबाट हिन्दी अनुवादः कवि स्वयम्।

हार्दिक आभारः सुभाष नीरव, नयाँ दिल्ली।

 

जन्मः 27 अगस्ट 1964। शिक्षाः एम.ए.(पन्जाबी). पी.एच.डी।

प्रकाशनः हिन्दी- मुट्ठीभर रोशनी(1995), अँधेरे में आवाज(1997) र अंतहीन दौड़(2006), तीनैवटा काव्यसङ्ग्रह।

पन्जावी- दायरियाँ दी कब्र चों(1985), निर्माण दी तलाश विच(1987),द्वन्द्व कथा(1990), यकीन (1993), शब्द रहणगे कोल(1996) र स्मृतियों की लालटेन(2002,2004) सबै काव्य संग्रह।

अनुवादः दसवटा (हिन्दीबाट पन्जाबी र पन्जाबीबाट हिन्दीमा)

सम्पादनः त्रैमासि पन्जाबी पत्रिका “प्रतिमान”।

सम्मान एवम् पुरस्कारः काव्यलेखनका लागि भारत तथा क्यानाडाबाट तीनवटा पुरस्कारहरू।

सम्प्रतिः लेक्चरर।

इमेलः amarjeetkaunke@yahoo.co.in

 

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :