अङ्क ४२असोज २०६६वर्ष ६

बीउ

                    -- इमरोज

एक जमानादेखि

तिम्रो जिन्दगीको वृक्ष

कवितालाई

तिमीसितै बसेर

हेरिरहेको छु

फुल्दै, फल्दै र फैलँदै......

र अब

तिम्रो जिन्दगीको वृक्ष

बीउ बन्न थाल्यो

मानौँ मभित्र

कविताका पातहरू उम्रन लागे

फुल्न लागे

र जुन दिन

तिम्रो जिन्दगीको वृक्ष बीउ बन्यो

त्यस रात एउटा कविताले

मलाई बोलाएर आफूसँग बसायो

र आफ्नो नाम बतायो

 

अमृता-

जो वृक्षबाट बीउ बनिन्

 

मैले कागज लिएर आएँ

र उनी कागजमा अक्षरै-अक्षर भइन्

 

अचेल कविता प्रायः आउन थालेको छ

तिम्रै रूपमा तिमीले जसरी नै मलाई हेर्न थालेको छ

र केही समय मसँग बिताएर

मभित्रै कतै हराउन थालेको छ।

 

­­­--

 

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

श्री इमरोज, सुप्रसिद्ध कलाकार र सुप्रसिद्ध भारतीय कवयित्री अमृता प्रीतमका पति हुनुहुन्छ।

हार्दिक आभार, सुभाष नीरव,सेतु साहित्य (www.setusahitya.blogspot.com) नयाँ दिल्ली।

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :